

काठमाडौं,चैत २३ – ठेचोस्थित पिंन पोखरीको जमिनको भागमा स्थानीय उपभोक्ता समितिले ३ दिनअघि ढलान सुरु गरेको छ । लिच्छविकालीन मानिएको यो पोखरीमा अहिले भावन बनाउन धमाधम डन्डी बिछ्याउने काम भइरहेको छ ।
गोदावरी नगरपालिका र प्रदेश ३ सरकारको आर्थिक सहयोगमा पोखरीमाथि धमाधम वृद्धाश्रम बनाउन लागिएको हो ।प्राचीन पोखरी मासेर भवन बनाउन थालेपछि सम्पदा संरक्षण अभियान्ताले विरोध गरेका थिए । यससम्बन्धी समाचार सार्वजनिक भएपछि पुरातत्त्वले विभागले काम रोक्न निर्देशन दिएको थियो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।