‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको योगदान बढाउन राज्यको सहयोग आवश्यक’

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको योगदान बढाउन राज्यको सहयोग आवश्यक’

म्याग्दी, २२ चैत ।राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले संयुक्त राष्ट्र संघले अगाडि बढाएको र नेपाल सरकारले अंगिकार गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भूमिका प्रभावकारी बनाउन राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको संयोजनमा चैत १९ गते म्याग्दीको बेनीमा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि लागि सहकारी विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । दिगो विकास लक्ष्य अन्तरगत रहेका सहकारीसंग सम्बन्धित गरीविको अन्त्य, भोकमरीको अन्त्य, स्वास्थ्य, शिक्षा, लैंगिक समानता लगायतका विषयलाई केन्द्रीत गरेर योजना निर्माण गरी अगाडि बढ्न उहाँले सहकारीहरुलाई आव्हान गर्नु भयो । सहकारीहरुले दीगो विकास लक्ष्य अन्तरगतका विषयमा केन्द्रीत रहेर योजना निर्माण गरेमा सहकारी बैंकले वित्तीय तथा क्षमता विकासका कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो ।

कार्यक्रममा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । सहकारीहरुले रणनीतिक योजना, वार्षिक कार्यक्रम बनाउदा दिगो विकास लक्ष्यका सूचकांकहरुलाई ध्यान दिएर निर्माण गर्न उहाँले आग्रह गर्नु भयो ।कार्यक्रममा बचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता भण्डारी, जिल्ला सहकारी संघ म्याग्दीको पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा लगायतले सहकारीहरु सुशासनमा रहेर दिगो विकास लक्ष्य प्राप्तिको अभियानमा केन्द्रीत हु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम जिल्ला सहमकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की ९दिपक०को अध्यक्षता, सचिव ज्योती लामिछानेको सञ्चालन र राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय बागलुङका शाखा प्रमुख शैली खड्काको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष के।बी।उप्रेती र सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीलाई सम्मान गरेको छ । सहकारी अभियानमा निरन्तर लागेर योगदान गरेको भन्दै संघले सम्मान गरेको हो ।