जुवाखालबाट ९ जना जुवाडे पक्राउ

जुवाखालबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं, २२ चैत । तास खेलिरहेकाे अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ढल्कु बस्ने अष्ट तन्डुकारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–२६ बस्ने चितवन टाडी घर भएका ५२ वर्षीय लोकबहादुर थापा समेत ९ जनालाई २ बुक तास र नगद १ लाख १० हजार रुपैयाँ सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।