कृषि परियोजनाहरुको स्थलगत भ्रमण कार्यक्रम

कृषि परियोजनाहरुको स्थलगत भ्रमण कार्यक्रम

सिन्धुपाल्चोक, २२ चैत । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सदस्य संस्था सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्थावाट प्रबर्द्धन गरिएका कृषि परियोजनाको एक कार्यक्रमका विच स्थलगत भ्रमण गरिएको छ ।

स्थलगत भ्रमण कार्यक्रममा भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, नेपाल राष्ट्र बैंक लघु वित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारी, बैंकका संचालकहरु सरिता भट्टराई, पार्वती थापा र केदार मानन्धर, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईं, बैंकका प्रबन्धक मोहन बहादुर कार्की, बैंकको मुख्य शाखाका प्रमुख सुनिल महर्जन, बैंकको सचिवालयका सहायक अधिकृत शान्ता गिरी र सहकारी पत्रकार समाजका पदाधिकारी सहितका पत्रकारहरु सहभागी हुनुहुन्थ्यो । आज संस्थाको तर्फबाट भ्रमणमा सहभागी प्रतिनिधिहरुलाई संस्थाका पधाधिकारीहरुले स्वागत गरेका थिए ।

भोटेचौरस्थित कृषि सुधार बहुउद्देश्यीय सहकारी र सिन्धु उपत्यका कृषि सहकारीको एकिकरण पश्चात बनेको सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था बैंकको २०६८ कार्तिक देखि बैंकको सदस्य बनेको थियो । संस्थाले संचालन गरेका सुक्ष्म सिचाई, तरकारी खेति, सामुहिक खेति, किवी खेति, अलैची बेर्ना उत्पादन, मौषमीरबेमौसमी तरकारी खेति जस्ता कृषि कार्यक्रम संचालन गर्न बैंकले प्रत्यक्षर अप्रत्यक्ष सहयोग गर्दै आइरहेको छ । बैंकले संस्थालाइ शुरुमा २०६८ सालमा १० लाख युवा स्वरोजगार कर्जा प्रदान गरेको थियो भने हाल लघुकर्जा, धितो कर्जा शिर्षकका क्रमश ५८ लाख र ८३ लाख कर्जा प्रदान गरिसकेको छ ।

कृषिको माध्यमबाट आफ्ना सदस्यको जीवन स्तर उकास्न र सहकारीका माध्यमबाट आर्थिक तथा सामाजिक स्तरोन्नति गराउन संस्था सफल भएको छ ।