प्रदेश २ मा रोकिएको एसइई परीक्षा आजदेखि सुरु

प्रदेश २ मा रोकिएको एसइई परीक्षा आजदेखि सुरु

जनकपुर, २२ चैत । प्रदेश २ मा रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आजदेखि फेरि सुरु भएको छ ।

गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सिरहाबाट बाहिरिएपछि सबै परीक्षा रद्द गरिएको थियो । घटनामा संलग्न २ प्रहरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको थियो । आजदखि सुरु भएकोपरीक्षामा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको छ । आज पहिलो दिन प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा भएको छ । सामाजिक विषयको परीक्षा भोलि हुनेछ । २६ गते ऐच्छिक विषय र त्यसपछि तीनदिन प्राविधिक विषयको परीक्षा हुने परीक्षा बोर्डले जानकारी दिएको छ ।