सुनुवाई समितिद्धारा न्यायाधीशविरुद्ध उजुरी आह्वान

सुनुवाई समितिद्धारा न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं, २१ चैत । संसदको सार्वजनिक सुनुवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरीका लागि सार्वजनिक आह्वान गरेको छ ।

समितिको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्माविरुद्ध उजुरीका लागि १० दिनको समय दिएको छ ।

उजुरीका लागि दिएको समयसीमा सकिएपछि थप प्रक्रिया अगाडी बढाईने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । गएको मंगलबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश माथेमा तथा बरिष्ठ अधिवक्ता रेग्मी, फुयाँल र शर्माको नाम पनि न्यायाधीशका लागि सिफारिस गरेको छ ।