एजेन्सी । विश्व प्रसिद्ध फुटबलका लिजेण्ड पेले अस्पताल भर्ना हुनुभएको छ । पिसाबसम्बन्धि समस्या देखिएपछि उहाँलाई आज फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना गरिएको हो ।
‘द ब्ल्याक पर्ल’ ले परिचित ७८ वर्षका पेलेको पिसाबमा संक्रमण भएको उहाँका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।