नेपाल बार एशोसिएशन मतगणना:अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता

नेपाल बार एशोसिएशन मतगणना:अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता

काठमाडौं, चैत २१। नेपाल बार एसोसिएसनको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रगतिशीलका श्रेष्ठले ३१ सय ५४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक समूहका अधिवक्ता सुनील पोखरेलले ३०२७ मत पाएका छन्।महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणी पौडेलले अग्रता लिएका छन्। उनले ३२०७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सुरेन्द्र थापाले २९४० मत पाएका छन्।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।