आजआईपीएलमा सन्दीपकाे खेल

आजआईपीएलमा सन्दीपकाे खेल

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदारबाद भिड्दै छन् ।

फिरोज कोट्ला स्टेडियममा दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दिल्लीले ४ खेलमा २ जित  निकालेको छ । हैदारावादले  २ जित निकालेको छ ।बिहीबार रातिको यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ ।

अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए । सन्दीपले दुई खेलबाट तीन विकेट लिइसकेका छन् ।दिल्ली र हैदरावादबीचको पछिल्लो पाँच खेलमा हैदरावाद बलियो देखिएको छ । दिल्लीले २ खेलमा जित निकाल्दा हैदरावादले ३ खेल जितेको छ ।खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।