काठमाडौं,चैत २१ – सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ ।
व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक लाख रोपनी,सूर्यविनायक नगरपालिकामा १० हजार रोपनी क्षेत्रफल, ललितपुरको खोकना बुगमती दस हजार रोपनी र काठमाडौंमा दस हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण डिपिआर निर्माणको काम अगाडि बढेको छ । भण्डारीले डिपिआरबाट प्राप्त हुने रिपोर्टको आधारमा ल्याण्डपुलिङ मार्फत नै काम अगाडि बढाइने उनले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।