मोबाइलबाटै ट्राफिक लाइट नियन्त्रण

मोबाइलबाटै ट्राफिक लाइट नियन्त्रण

ललितपुर,चैत २० । स्मार्ट सिटीको अवधारणमा जोड दिँदै ललितपुर महानगरपालिकाले पहिलो पटक मोबाइलबाट ट्राफिक लाइट नियन्त्रण गर्ने प्रविधि (एप्स) भित्र्याएको छ ।

निजी क्षेत्रको कम्पनी पावरटेक नेपालसँगको सहकार्यमा महानगरपालिकाले जावलाखेलस्थित अल्का अस्पताल अगाडि मोबाइल नियन्त्रित ट्राफिक बत्तीको परीक्षण गरेको हो ।सवारीसाधनको गति र चापअनुसार ट्राफिक व्यवस्थापनको कार्य मोबाइलबाटै हुनेछ । उक्त मोबाइल सेटमा सडक बत्ती नियन्त्रण गर्ने प्रविधि जडान गरेर हस्तान्तरण गरिएको‘ट्राफिकले सडक बत्तीको नियन्त्रण मोबाइलबाटै अटोमेटिक वा म्यानुअल प्रयोग गरी स्यामिम्यानुअल विधिमार्फत गर्नेछन्’, । ‘यो एप्स जडित मोबाइल ड्युटीमा रहने प्रहरीको हातमा जुनसुकै समय रहने छ ।’

केही समयपछि सो प्रविधि जिल्लाको अन्य स्थानमा जडान गर्ने महानगरपालिकाको योजना छ । उक्त एप्सले गाडीको चाल नियन्त्रण गर्नुका साथै दुर्घटना न्यूनिकरण गर्न सहयोग गर्नेर्छ ।