ओलम्पिक छनोटः आज नेपाल र म्यानमार भिड्दै

ओलम्पिक छनोटः आज नेपाल र म्यानमार भिड्दै

एजेन्सी, २० चैत । ओलम्पिक छनोटको दोस्रो चरणको फुटबल खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो ।

साफको उपविजेता नेपाल आत्मविश्वास सहित म्यानमारविरुद्व उत्रने योजनामा हुनेछ । फिफा वरियतामा नेपाल १ सय ३ औं स्थानमा रहेको छ भने म्यानमार ४४ औं स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ ।

नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।

म्यानमारमा कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।

साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।