

काठमाडौं, २० चैत । न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । आगामी शुक्रबारसम्म चल्ने सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो २ बजेदेखि सुरू हुने बताइएको छ ।
सम्मेलनमा देवानी फौजदारी संहिताको कार्यान्वयन, न्यायाधीश आचार संहिता, चौंथो रणनीतिक योजना र वर्तमान संविधानको कार्यान्वयनमा न्यायपालिकाको भूमिकासम्बन्धी विषयबारे कार्यपत्र प्रस्तुती र छलफल हुने छ । न्यायाधीश सम्मेलनमा ३ सय ९३ न्यायाधीश सहभागी हुने छन् ।