आजदेखि राष्ट्रिय विकास परिषद्को बैठक सुरु हुँदै

आजदेखि राष्ट्रिय विकास परिषद्को बैठक सुरु हुँदै

काठमाडौं, २० चैत । राष्ट्रिय विकास परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं आवधिक योजनाबारे छलफल गर्न परिषद्को बैठक काठमाडौंको सोल्टी होटलमा बस्न लागेको हो ।

बैठक भोलिसम्म चल्ने बैठकको अध्यक्षता परिषदको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने बैठकमा उप–प्रधानमन्त्री तथा मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्रीहरु, संघीय संसदका समितिका सभापतिहरु सहभागी हुनेछन् ।

बैठकमा गभर्नर, योजना आयोगका सदस्यहरु, प्रदेश सरकारका योजना हेर्ने निकायहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी हुँदैछन् । बैठकमा पन्ध्रौ आवधिक योजनाको मस्यौदाको आधारपत्र माथि छलफल र सुझाव ग्रहण गरी आधारपत्रको अन्तिम स्वरुप दिइनेछ ।