विश्वकप फुटसल अपडेटः पहिलो खेलमा नेपाल पराजित

विश्वकप फुटसल अपडेटः पहिलो खेलमा नेपाल पराजित

एजेन्सी । अर्जेन्टिनामा जारी १२ औँ संस्करणको विश्वकप फुटसलको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल अमेरिकासंग २–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो पटक फुटसलको विश्वकप खेलेको नेपालका लागि कप्तान समिर कार्कीले एक गोल गरेपनि नेपालले जित्न सकेन । अमेरिकाका लागि कुन्हा र लोपेशले एक एक गोल गर्नुभएको थियो ।

विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो । नेपाल समूह ‘डी’ मा रहेको नेपालले अब दोस्रो खेलमा फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।