समर्थकको नजरमा : टिम अफ दि इयरमा रोनाल्डोसहित रियलका पाँच खेलाडी

समर्थकको नजरमा : टिम अफ दि इयरमा रोनाल्डोसहित रियलका पाँच खेलाडी

स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो ।

क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । त्यसमध्ये सबैभन्दा बढी मत रियल एवंम् स्पेनका सर्जियो रामोसले प्राप्त गरेका छन् । उनले ५ लाख ८८ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।

इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट डी ब्रुयन टोलीमा समेटिएका छन् । त्यस्तै जियानलुइजी वुफोनमा पनि टोलीमा पर्न सफल भएका छन् । यसरी टिम अफ दी इयरमा परेको यो उनको पाँचौं पटकको हो , जुन इकर कासियस भन्दा १ कम हो ।

युइएफ डटकमका समर्थकहरुले छनोटमा टिम अफ दी इयर

जियानलुइजी बुफोन (युभेन्टस र इटाली)

डानी आल्भेस (युभेन्टस, पेरिस सेन्ट जर्मेन र ब्राजिल)

सर्जियो रामोस (रियल म्याड्रिड र स्पेन)

जर्जियो केलिनी (युभेन्टस र इटाली)

मार्सेलो ( रियल म्याड्रिड र ब्राजिल)

केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी र बेल्जियम)

टोनी क्रुस ( रियल म्याड्रिड र जर्मनी)

लुका मोड्रिच ( रियल म्याड्रिड र क्रोएसिया)

इडन हाजार्ड (चेल्सी र बेल्जियम)

लियोनल मेसी (बार्सिलोना र अर्जेन्टिना)

क्रिस्टियानो रोनाल्डो ( रियल म्याड्रिड र पोर्चुगल)