नेपालमा आज बिहान १०:२६ बजे दसैँको टीकाको साइत, विदेशमा कुन देशमा कहिले?

नेपालमा आज बिहान १०:२६ बजे दसैँको टीकाको साइत, विदेशमा कुन देशमा कहिले?
काठमाडौं । बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी मनाइँदै छ। नेपालमा यस वर्ष दसैँको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि भने देशअनुसार टीकाको मिति र समय फरक छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न २३ देशका लागि यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ।

विदेशमा रहेका नेपालीलाई टीका लगाउन सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित देशको स्थानीय समयअनुसार साइत निर्धारण गरेको हो।

टीकाको साइत तय गर्दा सम्बन्धित स्थानको सूर्योदयको समय र दशमी तिथिलाई आधार मानिने भएकाले विभिन्न देशमा टीका लगाउने दिन र समय फरक पर्ने गरेको छ।

उदाहरणका लागि, नेपालमा कात्तिक ४ गते (अक्टोबर २१) विजयादशमी मनाइँदै गर्दा अमेरिकाका केही स्थानमा स्थानीय मितिअनुसार अक्टोबर २० नै हुन्छ। त्यसैले त्यहाँको टीकाको साइत पनि स्थानीय मिति र समयअनुसार निर्धारण गरिएको छ।

विदेशमा रहेका नेपालीहरूले आफ्नो देश तथा सहरका लागि समितिले सार्वजनिक गरेको साइतअनुसार दसैँको टीका लगाउन सक्नेछन्।