

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिला सहमहामन्त्री पदमा प्रतिमा गौतम विजयी भएकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गौतम महिला सहमहामन्त्री पदमा निर्वाचित भएकी हुन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नानु बास्तोलाले भने १ हजार ५५४ मत मात्र प्राप्त गरिन्। यस पदका लागि कुल ६ हजार ६७० मत गणना गरिएको थियो। गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेकी हुन्।