

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार दुवै अध्यादेश संविधानबमोजिम जारी गरिएका हुन्।