कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्भय थापा निर्वाचित

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्भय थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ मा भएको देउवा समूहको क्षेत्रीय अधिवेशनबाट त्रिचन्द्र क्याम्पसका स्ववियु उपसभापति निर्भय थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

नवयुवा समूहबाट उम्मेदवारी दिएका थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। उनको निर्वाचित भएसँगै पार्टीको महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व थपिएको छ।