

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनमा थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका हुन्।
काठमाडौंको राष्ट्रिय सभा गृहमा शुक्रबार राति अबेरदेखि सुरु भएको मतगणना भर्खरै सम्पन्न भएको महाधिवेशन मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए।
गौतमका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा ५४ मत बदर भएको थियो।
निर्वाचन समितिका अनुसार कांग्रेस महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए।
सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिएको छ। अन्य पदको मतगणना त्यहीँ गरिनेछ।
