

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय थप गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालका अनुसार यसअघि आज दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप गरिएको हो ।
उम्मेदवार तथा प्रतिनिधिहरूको व्यस्ततालाई ध्यानमा राख्दै मनोनयन दर्ताको समय थप गरिएको निर्वाचन समितिले जनाएको छ । अब कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका आकांक्षीले आज साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।