दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको हो।

साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि साइबर ब्यूरोको टोलीले आज दिउँसो प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।