हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा भदौ १४ गतेदेखि लागू हुने गरी स्वीकृत गर्दै सोही मितिदेखि लागू हुने गरी अर्याललाई अध्यक्षमा नियुक्त गरिएको बैंकका कम्पनी सचिव विपिन हाडाले जानकारी दिए।

नवनियुक्त अध्यक्ष अर्याल संस्थापक समूहका तर्फबाट नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समितिमा रहेका थिए।