

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी र तराईका विभिन्न जिल्लामा उत्पन्न तनाव साम्य भएपछि चार दिनपछि काठमाडौं फर्किएका छन्। गत साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ सुनसरी पुगेका थिए। त्यहाँ मृतकका परिवारसँग सहमति गरेपछि उनले सिराहा र धनुषाको भ्रमण गरेका थिए।
धनुषामा उनले हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग दुई दिन वार्ता गरेका थिए। औपचारिक लिखित सहमति नभए पनि मौखिक समझदारी बनेको जनाइएको छ। त्यसपछि सम्राट सेनाले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
गृहमन्त्री गुरुङले काठमाडौं फर्किएपछि मौखिक समझदारीका बुँदालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले प्रधानमन्त्री शाहलाई आफ्नो भ्रमण, भएका सहमति र आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराउने तयारी गरेका छन्।