७२ वर्षपछि स्विट्जरल्यान्ड कोलम्बियालाई हराउँदै क्वार्टरफाइनलमा

७२ वर्षपछि स्विट्जरल्यान्ड कोलम्बियालाई हराउँदै क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा स्विट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

क्यानडाको बीसी प्लेस, भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

सुटआउटमा स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। यद्यपि म्यानुअल अकांजीको प्रहार भने गोलमा परिणत हुन सकेन।

कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले मात्रै पेनाल्टीमा गोल गर्न सफल भए। डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले आफ्नो प्रहार गोलमा परिणत गर्न नसक्दा टोलीको विश्वकप यात्रा अन्तिम १६ मै टुंगियो।

यस ऐतिहासिक जितसँगै स्विट्जरल्यान्डले सन् १९५४ पछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। सात दशकभन्दा लामो प्रतीक्षापछि अन्तिम आठमा पुगेको स्विट्जरल्यान्ड अब सेमिफाइनल यात्राका लागि थप कठिन चुनौती सामना गर्नेछ।