विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेटवार्ता

विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरमा भेटवार्ता गरेका छन्।

शुक्रबार बिहान प्रचण्ड र नेपाल विराटनगरस्थित डा. कोइरालाको निवास पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्।

डा. कोइरालाको निजी सचिवालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम तथा समग्र राजनीतिक परिस्थितिबारे विचार आदानप्रदान भएको थियो। डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले तीनै नेताबीच वर्तमान राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिए।