पार्टीलाई थप सुदृढ बनाउन जनतामाझ जान ओलीको आह्वान

पार्टीलाई थप सुदृढ बनाउन जनतामाझ जान ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गरेका छन्।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

उनले पार्टीभित्र एकता, अनुशासन र सक्रियतालाई बलियो बनाउँदै जनतासँगको सम्बन्ध थप मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा, संगठनात्मक सुधार तथा आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए।

कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा निर्वाचन परिणामको समीक्षा, संगठन पुनर्गठन र पार्टीको भावी रणनीतिबारे विस्तृत छलफल भइरहेको छ।

एमालेले पछिल्लो राजनीतिक परिस्थिति र संगठनात्मक आवश्यकतालाई मध्यनजर गर्दै पुनर्गठन तथा सुदृढीकरण अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ।